ई- सेवा र गुडविल फाइनान्स बीच सहकार्य, एजेन्टलाई इजी लोनमा २ लाख रुपैयाँ
Last updated at 08:02 am
भुक्तानी सेवा प्रदायक ई- सेवाले २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने भएको छ । ई सेवा र गुडविल फाईनान्स बीचको सहकार्यमा यो सेवा थप गरिएको हो ।
ई- सेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब ३० हजारदेखि २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने छ ।
व्यवसाय सञ्चालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रही आएको छ ।
इजी लोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको ई- सेवा एजेन्टहरूको भनाइ छ ।
Visited 1 times, 1 visit(s) today