सामुदायिक लघुवित्तको घाटा ७२%ले घट्यो, खराब कर्जामा पनि उल्लेख्य सुधार
Last updated at 05:51 pm
सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।वित्तीय विवरण अनुसार कम्पनीले गत आवको तुलनामा समीक्षा अवधिमा ७२.८२ प्रतिशतले घाटामा कमी ल्याएको छ।
कम्पनीको समीक्षा अवधिसम्ममा घाटा १ करोड ८ लाख रुपैयाँ मात्र छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीको घाटा ३ करोड ९९ लाख रुपैयाँ थियो ।
कम्पनीको समीक्षा अवधिमा खुद ब्याज आम्दानी बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ४१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन मुनाफा १ करोड २ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको रिजर्भ कोषमा १ करोड ३५ लाख रुपैयाँ छ ।
त्यसैगरी, समीक्षा अवधिमा कम्पनीले ६२ करोड ४७ लाख निक्षेप संकलन गरेर १ अर्ब ८५ करोड रुपैयाँ निक्षेप गरेको छ । समीक्षा अवधिमा कम्पनीले उल्लेख्यमात्रामा खराब कर्जा घटाएको छ । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १४.६५ प्रतिशत रहेको खराब कर्जा अनुपातलाई घटाएर ४.८९ प्रतिशतमा सीमित गराएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १२ दशमलव ७३ रुपैयाँ ऋणात्मक छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ दशमलव ९१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३३.४० गुणा छ । कम्पनीको चुक्तापूँजी १७ करोड ८ लाख रुपैयाँ छ ।