२.६ गुणा बढ्यो आरम्भ चौतारी लघुवित्तको नाफा
Last updated at 07:00 pm
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
जसअनुसार उक्त अवधिमा कम्पनीको नाफा २.६ गुणा बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३ करोड २६ लाख ५४ हजार रुपैयाँ छ ।
गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड २४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो। गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी १२ करोड ८३ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा १६ करोड १७ लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ दशमलव ७९ रुपैयाँ छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ६४ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिसम्ममा २.९१ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३९दशमलव ९२रुपैयाँ छ ।