फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो, यस्ता छन् वित्तीय सूचक
Last updated at 06:55 pm
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको पाइएको छ।
समीक्षा अवधिमा कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ। यो गत आवको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशतले कम हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २७.५६ प्रतिशत घटेको देखिन्छ भने खुद फि तथा कमिशन आम्दानी पनि ८६.२६ प्रतिशतले घटेको छ। त्यस्तै, कम्पनी कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत र सञ्चालन मुनाफा ४३.३८ प्रतिशतले घटेको छ।खुद ब्याज आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।
त्यसो त नाफासँगै कम्पनी प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५दशमलव ९८ रुपैयाँ घटेर ७दशमलव ७८ रुपैयाँ मा झरेको छ। त्यस्तै कम्पनीको निष्क्रिय कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।
कम्पनीको रिजर्भ कोषमा ३४ करोड ६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा कम्पनीले ५ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ सापटिसमेत गरेर ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२५ दशमलव ३३ रुपैयाँ छ।
पुस मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५दशमलव ८३ रुपैयाँ छ। कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ छ ।