आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक दिने आइएमई पेको योजना
Last updated at 05:57 pm
डिजिटल वालेट आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ उडान मेला नामक योजना सार्वजनिक गरेको छ।
गत माघ २ गतेबाट शुरु भएको उक्त अफरमार्फत् आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।
योजनामा नियमित ग्राहकहरुले “SAVE100” प्रोमोकोड राखेर १०० रुपैयाँ क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले “FIRSTFLY” प्रोमोकोड राखेर ३०० रुपैयाँ क्यासब्याकको लाभ उठाउन सक्नेछन्।
हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा “Have Promocode?” सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै उडान मेलाले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।