वात्सल्य नेचुरल आईभिएफमा कुमारी बैंकका ग्राहकलाई १० हजार छूट
Last updated at 05:47 pm
कुमारी बैंक लिमिटेड र काठमाडौंको नक्सालस्थित वात्सल्य नेचुरल आईभिएफ प्रालि बीच छूट प्रदान गर्ने सम्झौता भएको छ । जसअनुसार कम्पनीका ग्राहकले वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छूट पाउने छन् ।
उक्त सम्झौता अनुसार कम्पनीका ग्राहकलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजार रुपैयाँको छूट प्रदान गरिनेछ ।यसका साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०प्रतिशत र औषधि खरिदमा ५प्रतिशतसम्म छूट प्रदान गरिनेछ ।
वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको बताएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कम्पनीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाइहरुमार्फत ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।