पोखरा फाइनान्सले कमायो २ करोड ५ लाख नाफा, यस्ता छन् वित्तीय सूचक
Last updated at 06:04 pm
पोखरा फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त अवधिमा कम्पनीको नाफा उल्लेख्यरूपमा वृद्धि भएको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा २ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ८ लाख १२ हजार रुपैयाँ कमाएको थियो ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवमा ८ लाख १२ रहेकोमा चालू आवमा बढेर २ करोड ९२ लाख पुगेको छ । यसैगरी, गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ९२ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा प्रतिशेयर आम्दानी २२ पैसा रहेकोमा चालू आवमा बढेर ५दशमलव ६२ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १३७दशमलव७ रुपैयाँ छ । तर कम्पनीको निष्क्रिय कर्जा भने १० दशमलव ४६ प्रतिशत पुगेको छ ।
कम्पनीको रिजर्भ कोषमा ४८ करोड १४ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको रिटेन्ड अर्निङ भने २६ करोड १९ लाख ऋणात्मक छ । कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख रुपैयाँ छ ।