मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, लाभांश पनि पारित
Last updated at 07:14 pm
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
यसैगरी,सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।