चिनियाँ बजारमा स्मार्टफोन ब्राण्डको हैसियत गुमाउँदै एप्पल,अब १५% बजार हिस्सा मात्र
Last updated at 06:46 pm
अमेरिकी प्रविधि कम्पनी एप्पलले चीनमा आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । कम्पनीका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको छ ।
चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको आद्योगिक तथ्यांक प्रदायक क्यानालिसको प्रतिवेदनमा उल्लेख छ ।
तथ्यांक अनुसार अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध ठूलो प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चिनियाँ बजारमा बिक्रीको १५ प्रतिशत बजार हिस्सा पाएको छ ।
साथै, चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि करिब १५ प्रतिशत बिक्रीको हिस्सा लिंदै एप्पललाई चुनौती दिएका छन् । बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा पाँच करोड १० लाख ८० हजार आइफोन बिक्री गरेको थियो । तर सन् २०२४ मा ४ करोड २० लाख ९० हजारमा सीमित भएको छ ।
क्यानालिसका रिसर्च म्यानेजर अम्बर लिउले ‘तीव्र प्रतिस्पर्धाका कारण’ एप्पलका लागि निरन्तर बदलिँदो परिदृश्य आएको बताएका छन् । शीर्ष स्थानमा रहेको भिभोले गत वर्ष ‘बलियो गति’ देखाएको उल्लेख गर्दै लिउले भने, “कम्पनीको रणनीतिले ‘सुरूवाती तहदेखि मध्यमदेखि अन्तसम्म आफ्नो स्थान बलियो बनाउन’ मद्दत गरिरहेको छ ।”
यसैबीच, कुनै समय राष्ट्रिय सुरक्षा चिन्ताका कारण वासिङ्टनबाट कडा प्रतिबन्धहरूको सामना गरेको शेन्जेनमा मुख्यालय रहेको हुवावेले सन् २०२४ मा यसको घरेलु बजारमा पुनरुत्थान जारी राख्यो । क्यानालिसको तथ्यांकअनुसार कम्पनीले गत वर्ष कुल स्मार्टफोनको निर्यातमा ३७ प्रतिशतले वृद्धि गरेको छ ।
एप्पलको आईफोन चीनमा अझै पनि लोकप्रिय छ । तर ठूलो बजारका धेरै उपभोक्ताहरू पछिल्लो समय स्वदेशी उत्पादनलाई विकल्प बनाइरहेका छन् ।
क्यानालिसको तथ्यांकअनुसार चौथो त्रैमासिकमा एप्पलको स्मार्टफोनको निर्यातमा २५ प्रतिशतले घटेको छ । प्रतिवदनमा भनिएको छ, “चौथो त्रैमासिकमा चीनमा उत्पादन भएका चिनियाँ स्मार्टफोनको बजार ५ प्रतिशतले वृद्धि भएको छ । यो कुल निर्यातको ७ करोड ७० लाख ४० हजार युनिट बढी हो ।एजेन्सीको सयोगमा