कालिका लघुवित्तले कमायो ४ करोडभन्दा बढी खुद नाफा
Last updated at 11:15 am
कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१०/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तय विवरण प्रकाशित गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको नाफा १३४ दशमलव ८८ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्ममा ४ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा भने कम्पनीले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १७ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत आवमा भने यस्तो आम्दानी ११ करोड ६९ लाख रुपैयाँ थियो । कम्पनीको अन्य सञ्चालन आम्दानी २ करोड ७८ लाख रुपैयाँ छ ।
यसैगरी,कम्पनीको खुद सञ्चालन आम्दानी १९ करोड ३५ लाख रुपैयाँ छ ।कम्पनीको सञ्चालन खर्च १३ करोड ३३ लाख रुपैयाँ छ ।
कम्पनीको रिटेन्ड अर्निङ २७ दशमलव ६६ प्रतिशतले घटेर २ करोड ८४ लाख रुपैयाँ कायम भएको छ भने रिजर्भ कोषमा २६ करोड १९ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब ५१ करोड निक्षेप संकलन गरेर ४ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात भने ४ दशमलव ८२ प्रतिशत रहेकोमा घटेर ४ दशमलव ६७ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा २ करोड ६३ लाख रुपैयाँ छ । यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० दशमलव ६८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १७१ दशमलव २४ रुपैयाँ छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४९ दशमलव ३७ गुणा छ । कम्पनीको चुक्तापूँजी ४० करोड ७६ लाख रुपैयाँ छ ।