फोनपे बिल्स मार्फत बीमा प्रिमियम तिर्न सकिने,१००% क्याशब्याक अवसर
Last updated at 08:14 am
फोनपे बिल्सले ग्राहकहरूलाई मोबाइल बैंकिङ एपमार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न एक रोमाञ्चक अभियान शुरु गरेको छ।
यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १०० प्रतिशत क्याशब्याक वा १५ हजार रुपैयाँसम्म प्राप्त गर्ने छन्।
यो अभियान आगामी माघ ३० गतेसम्म चल्ने कम्पनीको भनाइ छ । यो योजनामा सहभागी हुनका लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ। सफल भुक्तानी पछि उनीहरू स्वतः लकी ड्रा को लागि योग्य हुने र १००प्रतिशत क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सहभागीता कसरी गर्ने ?
१.आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस् ।
२.फोनपे बिल्सू वा अनलाइन भुक्तानी सेक्सनमा जानुहोस् ।
३. उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये बीमा विकल्प छान्नुहोस् ।
४.आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस् ।
५. भुक्तानी पुष्टि गर्नुहोस् ।