श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट, साढे २ लाख बढी आवेदकले पाए शेयर
Last updated at 10:49 am
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बुधबार बिहान बाँडफाँट भएको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। बिक्री प्रबन्धकका अनुसार कुल आवेदन परेको मध्ये २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
र यसपछि बाँडफाँट गर्दा बाँकी हुन गएको तीन कित्ता शेयर पनि वितरण गरिएको छ। जसअनुसार तीन जना आवेदकले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
कम्पनीले गत असार २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए।त्यसमा १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको थियो भने २६ हजार ६३६ आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो।
