नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक, ६ प्रतिशतले बढ्यो नाफा
Last updated at 11:05 am
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ ।सार्वजनिक वित्तीय विवरणअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा जम्मा ६ दशमलव २ प्रतिशतले बढेको छ ।
कम्पनीले गत अर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवभा भने कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको नाफा सामान्य बढेका कारण प्रतिशेयर आम्दानी बढेको देखिन्छ । कम्पनीको प्रतिशेयर आम्दानी पहिले ५ दशमलव ३६ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ५ दशमलव ४५ रुपैयाँ छ ।
यसैगरी,सोही अवधिमा कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ५ अर्ब १५ करोड रुपैयाँ रहेकोमा गत आवमा ७ अर्ब ११ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३ अर्ब ६३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
यसैगरी, कम्पनीको महाविपत्ती कोषमा ३७ करोड ८८ लाख र स्पेशल रिजर्भ कोषमा ४ अर्ब ६७ करोड रुपैयाँबराबर छ । कम्पनीको जगेडा कोषमा ७४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ४५ रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको सञ्चित आम्दानी ७४ करोड ३७ लाख रुपैयाँ छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ दशमलव १५ रुपैयाँ छ ।
धितोपत्रको दोस्रो बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ६६९ दशमलव ९० रुपैयाँ छ ।