ग्लोबल आइएमई बैंकको नाफामा वृद्धि, लाभांश क्षमता १४ प्रतिशत
Last updated at 11:46 am
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बुधबार सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब १३ करोड रुपैयाँ थियो ।
सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा १६ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढेको छ । यस्तो रकम अघिल्लो अर्थिक वर्षको अन्त्यमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष अन्त्यमा ४ अर्ब ३० करोड पुगेको छ ।
यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी सामान्य घटेको छ । वार्षिक प्रतिशेयर आम्दानी पहिले १६ दशमलव ९९ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा १६ दशमलव २८ रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने बढेको देखिन्छ । अघिल्लो आवको अन्त्यसम्ममा निष्क्रिय कर्जा ४ दशमलव १७ प्रतिशत रहेकोमा गत आवको असार मसान्तसम्म ४ दशमलव ८७ प्रतिशत पुगेको छ ।
त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड रुपैयाँ छ । यसआधारमा कम्पनीको प्रतिशेयढर वितरणयोग्य नाफा १४ रुपैयाँ ११ पैसा हुन आउँछ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ छ ।
कम्पनीको रिजर्भ कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
कम्पनीको चुक्तापूँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । कम्पनीको धितोपत्र बजारमा शेयरमूल्य प्रतिकित्ता २५४ रुपैयाँ छ ।