माछापुच्छ्रे बैंकले कमायो २ अर्बभन्दा बढी नाफा
Last updated at 09:18 am
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले २ अर्बभन्दा बढी नाफा कमाएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीलेले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९२ दशमदज ४५ प्रतिशतले बढी हो।
अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढ्नुका साथै खुद नाफा उल्लेख्य रुपमा बढ्न पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ दशमलव ४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी पनि १८ दशमलव १६ प्रतिशतले बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १६ दशमलव ५१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ९९ दशमलव ९१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। यसैगरी, कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा छ ।
त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १४ दशमलव ९९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा छ।
कम्पनीको चुक्तापूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ छ । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २५८ रुपैयाँ छ ।